ग्यारेथ बेल यो चाइनिज क्लबमा जाने- प्रति वर्ष €२२ मिलियन पाउने

ग्यारेथ बेल रियल म्याड्रिड छोड्न निकै नजिक रहेको खबर छ र उनि चाइनिज क्लबमा लगभग पक्का भएको छ। खबर अनुसार बेल चाइनिज सुपर लिगको क्लब जिआंगसू सुनिंगमा जाने छन् जहाँ उनले वर्षको €२२ मिलियन कमाउने छन्।

बेल २०१३मा रियल आएका थिए उनको लागि रियलले विश्व रिकॉर्ड रकम तिरेकी थियो भने अहिले रियल उनलाई क्लबबाट बाहिर गर्न आतुर देखा परेको छ।

MARCAको अनुसार बेलले चाइनिज क्लब संग ३ वर्षको समझौता गर्ने छन् । बेलले रियलको लागि १०२ गोल र ६५ अस्सिस्त गर्दै रियलको साथमा १३ उपाधि जितेका छन्।