ग्यारेथ बेल चिनियाँ क्लब जिएन्सु सुनिङ जाने

रियल मड्रिडका ग्यारेथ बेल चीनियाँ क्लब जिएन्सु सुनिङमा जाने भएका छन्। उनले त्यस क्लवमा ३ वर्षलाई अनुबंधित हुन्न लागेको हो।

प्रशिक्षक जिनेदिन जिदानले बार्यन म्यूनिखको खेलपछि बेलले मड्रिड छोडेर चिनियाँ क्लब जाने बताएका थिए। द टेलिग्राफ र मारसा अनुसार बेलले चीनमा एक साताको १.१ मिलियन युरो कमाउने बताइएको छ।

बेल सन् २०१३ मा ९४.३ मिलियन युरोमा टोटनह्यामबाट रियल मड्रिड आएका थिए। मड्रिडसँगको सम्झौता ३ वर्ष बाँकी रहेपनि जिदानको रोज्जैमा नपरेसि नयाँ क्लवको खोजीमा थिए। मड्रिडको लागि उनले ४ वटा च्याम्पियन्स लिग, एउटा ला लिगा, एउटा कोपा डेल रे, ३ वटा यूईएफए सुुपरकप र ३ वटा क्लब वल्र्डकप जिताएको योगदान छ।

बेलका एजेन्टका अनुुसार जिदान मड्रिडमा फर्किनुु उसको लागि दुर्भाग्य भएको बताए।