ग्यारेथ बेलले रियल मड्रिड छाड्ने

रियल मड्रिडका मेनेजर जिदानले ग्यारेथ बेलले यसै सिजन क्लब छाड्ने बताएका छन्।

शनिबार भएको प्रिसिजनको बायर्न म्युनिकविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले बेलको मड्रिड करियर अन्त्य भएको घोषणा गरे।

बायर्नविरुद्धको खेलमा पनि बेल मैदानमा देखिएनन्। सो खेलमा रियल मड्रिड ३-1 ले पराजित भएको थियो। जिदानको रणनीतिमा बेल फिट नहुने भएपछि रियल मड्रिड बेललाई बेच्ने तयारीमा छ।

रियल मड्रिडमा स्टार बेलको सम्झौता अझ तीन वर्ष बाँकी छ। बेललाई पूर्व क्लब टोटनह्याम, म्यान्चेष्टर युनाइटेड र बायर्न म्युनिकले अनुबन्ध गर्नका लागि चासो देखाएका छन्।

शनिबारको बर्यानबिरुद्धको खेलमा बेल किन खेलेनन् भन्ने प्रश्नको जवाफमा जिदानले भने,‘उनी छिटै क्लब छोड्दैछन्, त्यसैले उनी नखेलेका हुन्।’

‘आशा गरौँ उनी चाँडै विदा हुनछन् । यो नै सबैको लागि हितकारी हुनेछ, हामी उनलाई नयाँ टिममा पठाउनका लागि कार्य गरिरहेका छौं।’