ग्यारेथ बेल अर्को सिजन रियलकै जर्सी लगाउदै

एजेन्सी, स्पेनीश क्लब रियल मड्रिडका वेल्श खेलाडी ग्यारेथ बेल २०२१/२२ सिजन रियल मड्रिडमा नै रहने लगभग पक्का भएको छ। रिपोर्टका अनुसार उनी रियलका नवनियुक्त प्रशिक्षक कार्लो एन्सेलोटोका योजनाहरुमा पर्छन् र २०२१/२२ सिजन रियलकै जर्सी लगाउने छन्।

३१ वर्षका विङ्गर ग्यारेथ बेल अर्को वर्ष सम्मका लागि मात्र रियल मड्रिडमा अनुबन्ध भएकाले उनले यो ट्रान्सफर सिजन क्लब छाड्ने आंकलन गरिएको थियो। उनले रियल मड्रिडमा पर्याप्त खेल समय पाउने पनि सकेका छैनन्। यसै कारणले उनले गत सिजन इङलिस क्लब टोटन्ह्याममा लोनमा बिताउनु परेको थियो। उनले घाइते भएर पनि पर्याप्त खेल समय पाउन नसकेका हुन्।
३१ वर्षका वेल्श विङ्गर ग्यारेथ बेल २०१३ मा रियल मड्रिडमा अनुबन्ध भएका थिए। उनले रियलको जर्सीमा २५१ खेल खेली सकेका छन् जस्मा उनले १०५ गोल पनि गरि सकेका छन्। गत सिजन उनले टोटनह्यामका लागि ३४ खेलमा १६ गोल गरेका थिए।