गौतमबुद्ध रङ्गशाला निर्माणका लागि भारी रकम सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस सुन्तली फाउण्डेसनलाई  ५१ लाख ५० हाजर सहयोग गरेका छन्।

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई एक कार्यक्रममा उक्त रकमको हस्तान्तरण गरे। महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन गरिएको थियो। उनले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन् भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पनि महोल सिर्जना गर्नुपर्नेमा जोड दिइन्।

यो रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा ५ करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि ५ करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन्। गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो।