मेक्सिकन लिगमा क्रुज अजुल र टोलुका बिचको खेलमा निकै अनौठो घटना भएको थियो जुन हाल भाइरल हुँदै छ। खेलको ३६औ मिनेटमा क्रुज अजुल आफ्नो तेस्रो गोलको धेरै नजिक थियो तर सो गोल रेफ्रीको कारण विफल हुन पुग्यो।
खेलको ३६औ मिनेटमा क्रुज अजुलका खेलाडीले काउन्टरमा बल अगाडी लागे र गोलकिपर धेरै अगाडी बढेको मौकामा पहिलो सट पोस्टमा लागेर फर्किएको थियो र रीबाउन्दमा आएको बललाई खाली पोस्टमा गोल गर्ने अजुलका खेलाडी नजिक थिए तर रेफ्री ओसकार पनि डि-बक्स पुगी सकेका थिए र बल उनको खुट्टामा लग्यो र क्रुज अजुल ३-०मा अग्रता हासिल गर्न असफल रहे।
Cruz Azul were denied this chance in the box because the referee got in the way of the shot. Rebounded and it went out. That would have been the 3-0.
A few minutes later, Toluca equalize and now it’s at 2-2.
Can never go wrong with Liga MX 🤣pic.twitter.com/wWQJj9KDjA
— Bertinho (@BertinhoMusic) February 21, 2021
उक्त घटना पछि क्रुज अजुलका खेलाडीहरू रेफ्री संग निकै आक्रोशित भए पनि फ्यानहरूले पनि उक्त रेफ्रीको आलोचना गरे।
सो खेल भने क्रुज अजुलले ३-२ले जितेको थियो। हाल गोल हुन लागेको बेला रेफ्री बललाई ब्लक गरेको सो भिडियो भाइरल हुँदै गएको छ।