प्रिमियर लिगबाट रिलेगेशनमा परेका क्लब बोर्नेमाउथले गोल लाइन टेक्नोलोजी कम्पनी हक-आईको कारण आफु रिलीगेशनमा परेको भन्दै क्षतिपूर्ति लिन विचार गरिरहेका छन्।
Bournemouth are discussing taking legal action against Goal-line technology after the system failed to give a goal for Sheffield United against Aston Villa#VbetNow pic.twitter.com/G3sLyGzU7n
— VbetNow Nigeria (@VBetNow1) July 28, 2020
शेफील्ड युनाइटेड र एस्टोन भिल्लाबीचको खेलमा बलले गोल लाइन क्रस गरे पनि शेफील्ड युनाइटेडले गोल पाएनन्, उक्त खेलमा गोल लाइन टेक्नोलोजीले हस्तक्षेप गर्न सकेन र खेल ०-०मा अन्त्य हुँदा उक्त परिणामले बोर्नेमाउथलेलाई असर पुगेको थियो जसको कारण बोर्नेमाउथ प्रिमियर लिगबाट रिलेगेट हुन पुग्यो।
स्काई स्पोर्ट्सका अनुसार क्लबका बोर्डले यस हप्ता कम्पनीबाट क्षतिपूर्ति लिने या नलिने बारे छलफल गर्नेछ।
खेलमा भिल्लाका गोलकीपर ओर्जन न्यूल्यान्डले बल लाईन भित्र लागि सकेका थिए, जुन स्पष्ट रूपमा देखिन्थ्यो। तर हक-आईका क्यामेराहरुले त्यो खिच्न नसकेको दाबी छ।
BREAKING: Bournemouth to discuss taking legal action against Hawk-Eye.
The goal-line tech firm apologised after their system failed to give a goal for Sheffield United against Aston Villa.
– talkSPORT understands
📻 Listen → https://t.co/VJgUHnqdM1 pic.twitter.com/SgWjf8C4J5
— talkSPORT (@talkSPORT) July 28, 2020
म्याच पछि हक-आईले एक विज्ञप्ति जारी गर्दै भने , “गोल क्षेत्रको वरिपरि रहेका स्ट्यान्डमा अवस्थित सात क्यामेरा गोलकीपर, डिफेन्डर र गोलपोस्टको कारण अवरुद्घ भएको थियो।”
भिएआरको मदतले उक्त गोलको पुष्टिकरण गर्न सक्थ्यो तर रेफरीले गोल लाइनको विश्वास गर्दै भिएआरको प्रयोग गरेनन।