गोल मेसिन सावित्राको ह्याट्रिकमा एपीएफ फाइनलमा प्रवेश

एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक एक गोल गरिन् ।

पुलिसको लागि घिम कुमारी गुरुङ र निशा सुनुवारले एक एक गोल गरिन् ।

अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र भुटान फुटबल टिमबीचको विजेतासँग खेल्नेछ ।

आर्मी र भुटानबीचको दोस्रो सेमिफाइनलमा खेल सोमबार अपरान्ह हुनेछ ।