गोल-पोस्ट अगाडी ११ खेलाडीको वाल राखेर पनि गोल खाए पछि

हाल सामाजिक संजालमा आयाक्स र एफसी मिडजील्याण्ड बीचको च्याम्पियन्स लिगको खेलमा भएको गोलको धेरै चर्चा हुदै गरेको छ।

डि-बक्स भित्र आयाक्सले इन-डायरेक्ट फ्री किक पाएको थियो र गोल हुनबाट रोक्न एफसी मिडजील्याण्डले आफ्नो ११ खेलाडीहरुनै गोल पोस्ट अगाडी राखे तेस्को बावजुद मिडजील्याण्डले सो किक बाट गोल खाए।

आयाक्स र एफसी मिडजील्याण्ड बीचको च्याम्पियन्स लिगको खेलमा मिडजील्याण्डका डिफेन्डरको ब्याक पास गोलकिपरले हातले समाते पछि रेफरीले आयाक्सलाई डि-बक्स भित्र इन-डायरेक्ट फ्री किक दिए ।

मिडजील्याण्डले गोल हुनबाट रोक्न अनौंठो तरिका लगाए मिडजील्याण्डले गोलकिपर सहित आफ्नो सबै खेलाडीहरुलाई गोल पोस्ट अगाडी राखे।

तर मिडजील्याण्डको प्रयास असफल रह्यो आयाक्सका डुसान ट्याडिकले डि बक्स भित्रबाटको फ्री किकबाट गोल गर्दै आयाक्सलाई १३ मिनेटमा २-०को अग्रता दिलाए। उक्त खेल भने १-२मा अन्त्य भएको थियो।