गोल पछि एम्बाप्पेले विपक्षी गोलकिपरलाई ट्रोल गरे पछि खेलाडीहरू बिच तनाव

पिएसजी र मेत्ज बिचको लिग वानको खेलमा अन्तिम समयमा खेलाडीहरू बिच केही तनाव हुन पुगेको थियो। तनावपूर्ण हुन पुग्यो खेल १-१को स्कोरमा रहेको बेला मेत्जका डिफेन्डर डिलन ब्रोन अतिरिक्त समयको १ मिनेटमा रातो कार्ड खान पुगे भने अन्तिम समयमा गोल खाए पछि मेत्जका कोचले उक्त गोलको विरोध गरे पछि उनले पनि रातो कार्ड खान पुगे।

तनावपूर्ण रहेको खेलमा भने एम्बाप्पे र मेत्जका गोलकिपर बिच भएको घटनाको हाल धेरै चर्चा हुँदै गरेको छ। खेल १-१को बराबरीमा रहेको बेला अन्तिम समयमा हाकिमीले आफ्नो व्यक्तिगत र टिमको दोस्रो गोल गरे र उक्त गोल पछि एम्बाप्पेले मेत्जका अलेक्जेन्डरको अगाडी गएर उनलाई ट्रोल गरे र सो पछि मेत्जका गोलकिपर एम्बाप्पे सँग झगडा गर्न पुगे र खेल दुई टिमका खेलाडीहरू बिच तनाव हुन पुग्यो।

एम्बाप्पेले गोलकिपरको अगाडी केही भनेका थिए तर उनले गोलकिपरलाई के भनेको भनेर खुलेको छैन। एम्बाप्पेको उक्त व्यवहारबाट मेत्जका गोलकिपर धेरै आक्रोशित भए भने गोल सेलेब्रेट गर्न गएका एम्बाप्पेको पछि मेत्जका गोलकिपर पुगे भने एम्बाप्पेको बचाउमा नेमार आए र नेमार अलेक्जेन्डरलाई धक्का दिए पछि झन् तनाव बढेको थियो।

हाल उक्त घटनाको भिडियो धेरै भाइरल हुँदै गरेको छ भने एम्बाप्पेको उक्त व्यवहारको आलोचना पनि भएको छ। उक्त खेल भने पिएसजीले २-१ले जितेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ