गोल गरे पछि आफुलाई फाउल गर्ने डिफेन्डरलाई यसरी नेमारले ट्रोल गरे

पिएसजीले चिर प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै फ्रेन्च सुपर कप उपाधि जितेको थियो।

हाल उक्त खेलमा नेमार र अल्भारो गोन्जालेजको फेरी चर्चा भएको छ। यो सिजनको सुरुको खेलमा नेमार र मार्सेका अल्भारो बीच विवाद भएको थियो र सो खेल निकै तनावपूर्ण भएको थियो।

सो घटना पछि पहिलो पटक पिएसजीले मार्सेको सामना गरेको थियो र फेरी पनि नेमार र अल्भारो गोन्जालेज बीच भएको कुराको चर्चा भएको छ।

उक्त खेलमा अल्भारोले २५औ मिनेटमा नमार माथि निकै खराब फाउल गरेका थिए भने अल्भारोकै फाउलमा पिएसजीले पेनाल्टी पाए र नेमारले गोल गरे।

गोल गरे पछि नेमारले उक्त डिफेन्डरलाई लक्षित गर्दै सेलेब्रेट गरे र अल्भारो गोन्जालेजलाई यसरी नेमारले ट्रोल गरे।