विश्व कपमा गोल गरेपछि स्विट्जरल्याण्डका एम्बोलोले किन सेलिब्रेट गरेनन् ?

फिफा विश्व कप अन्तर्गत स्विट्जरल्याण्डले क्यामरुनलाई १-० ले हराउँदै स्विस्स टोलि समूह जि को शीर्ष स्थानमा रहेको छ ।

गोलकर्ता एम्बोलोले स्विट्जरल्याण्डका लागि निर्णायक गोल गरेका थिए । गोल गरेपछि उनले कुनै सेलिब्रेसन गरेनन् ।

विश्व कप जस्तो प्रतिष्ठित प्रतियोगितामा गोल सेलिब्रेसन नगर्नुको कारण क्यामरुन उनी जन्मेको देश हो । स्विट्जरल्याण्डका लागि खेलेपनि उनले त्यस गोल आफ्नो जन्म भुमिबिरुद्ध गर्दा सम्मान स्वरुप कुनै सेलिब्रेसन नगरेका हुन् ।

फ्रेन्च क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेलिरहेका २५ वर्षिय एम्बोलोका सौतेनी बुवा स्विसका नागरिक हुन् त्यसै कारण उनले स्विट्जरल्याण्डका लागि खेल्न पाएका हुन् ।

एम्बोलोले स्विट्जरल्याण्डका लागि ६० खेलमा १२ गोल गरेका छन् ।