गोल गरेपछि नेयमारले गरे हेलिकप्टर दुर्घटनामा निधन भएको कोबि ब्रायन्टलाई समर्पण (भिडियो)

आइतबार राती भएको फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेनले लिलेलाई २-० गोल अन्तरले हराउन सफल भयो ।

उक्त खेलमा ब्राजिलियन स्टार नेयमारले पहिलो र दोस्रो हाफ दुबैमा एक एक गोल गरेका थिए ।

दोस्रो गोल गरेपछि नेयमारले हेलिकप्टर दुर्घटनामा निधन भएको बास्केटबलका लेजेन्ड कोबि ब्रायन्टलाई समर्पण गरे ।

खेलको पहिलो हाफ सकिएपछि हाफ टाइममा निधन भएको खबर पाएपछि नेयमारले दोस्रो हाफमा पेनाल्टी मार्फत गोल गरेपछि २४ नम्बर देखाउदै, हात जोडेर समर्पण गरे (कोबि ब्रायन्टले २४ नम्बर लगाउने गर्थे) ।

भिडियो हेर्नुहोस:

कोबि ब्रायन्टको निधनले सारा खेल प्रेमी स्तब्ध र दुखी भएका छन् ।