गोलरहित रहेको रोनाल्डोको छोराले युभेन्ट्सका लागि गरे एकै खेल मा ४ गोल

क्रिष्टियानो रोनाल्डोले इटालियन सिरि ए मा अझै पनि गोलको खाता खोल्न सकेका छैनन् ।

तर उनको छोरा क्रिष्टियानो जुनियरले भने आफ्नो पिताले भन्दा ठिक विपरित डेब्यु खेलमै चार गोल गर्दै सबैको ध्यान तानेका छन् । शनिबार युभेन्ट्सको यु–९ टोलीका लागि ७ नम्बर जर्सी लगाएर डेब्यु गरेका क्रिष्टियानो जुनियरले लुसेन्टो विरुद्ध हात पारेको ५–१ को जितमा एक्लैले चार गोल गरे ।

आफ्नी सौतेनी आमा जर्जिना रोड्रिगेजको उपस्थितिमा क्रिष्टियानो जुनियरले आफ्नो गोल स्कोरिङ लयले सबैलाई प्रभावित पारे । ८ बर्षिय क्रिष्टियानो जुनियर गत साता मात्र युभेन्ट्सको एकेडेमीमा आवद्ध भएको खबर बाहिर आएको थियो ।

यसअघि उता रोनाल्डोले पनि आफ्नो छोरालाई फुटबलमै आवद्ध भएको र व्यवसायीक रुपमा सफल भएको देख्न चाहेको बताएका थिए । यद्यपि उनले छोराको इच्छा विपरित आफूले दबाब भने नदिने स्पष्ट पारेका थिए ।