गोलको लोभ नरहेको मेस्सीको दाबी; यसो भन्छन्

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले व्यक्तिगत गोल भन्दा पनि टिमको प्रदर्शन आफ्नो प्राथमिकतामा रहने बताएका छन्। आफ्नो लागि आफ्नो ध्यान हुने बताएका छन्।

एक खेल मिडियासँग कुराकानी गर्ने क्रममा मेस्सीले पछिल्लो समय व्यक्तिगत गोल भन्दा पनि टिमको लागि सक्दो राम्रो प्रदर्शन र सकेको असिस्ट निकाल्ने तर्फ आफू केन्द्रित हुन थालेको बताएका हुन्।

“पछिल्लो समय म गोल प्रति कम आशक्त हुन थालेको छु। गोल गर्ने भन्दा पनि टिमलाई सक्दो योगदान पुर्‍याउने मेरो प्रयास रहन्छ।”,एक खेल मिडियासंग कुराकानी गर्दै उनले भने। मेस्सीले गोल प्रतिको आशक्ति घट्दै गएको मात्र बताएनन् ‘टिम प्लेयर’ बन्ने तर्फ आफ्नो ध्यान गएको पनि बताए।

बार्सिलोना तथा लालिगाका स-र्वाधिक गोलकर्ता रहेका मेस्सीले पछिल्ला खेलहरुमा गोल प्रति उनको आशक्ति कम भएको देखाइसकेका छन्। गत सिजनमा मेस्सीले पूरा सिजनमा कुल २१ असिस्ट गरेका थिए। त्यसले मेस्सी पछिल्लो समय व्यक्तिगत गोल संख्या बढाउने भन्दा पनि सहयोगी र प्रेरक भूमिका निभाउने तर्फ केन्द्रित भएको देखाउँछ।

तर, केहि समय अगाडी भने ‘पेनाल्टी’ को विषयलाई लिएर मेस्सीको आलोचना भएको थियो। सिजनको पहिलो खेलमा दुई गोल गरेका अन्सु फातीलाई पेनाल्टी हान्न नदिएर मेस्सीले आफैं हानेको भन्दै आलोचना भएको थियो। त्यसक्रममा फातीलाई ह्याट्रिक पूरा गर्नबाट मेस्सीले रोकेको आरोप लगाइएको थियो।