येस्तो खतरनाक कराटे किक हानेपछि गोलकिपरलाई सिधै रातो कार्ड (भिडियो)

साल्केका गोलकीपर अलेक्ज्याण्डर न्युबेलले आइतबार बुन्डेस लिगाको खेलको क्रममा फ्र्यांकफर्ट मिडफिल्डर मिजात गसिनोभिक माथि डरलाग्दो ‘कराटे किक’ चुनौती गरे र उक्त चुनौतीको लागी उनलाई सीधा रातो कार्ड दिइयो।

जर्मन कीपरले ६६औं मिनेटमा आफु तिर आएको बललाई हान्न प्रयास गरे तर बलसँग जोड्नुको सट्टा न्युबेलले विपक्षी खेलाडीलाई छातीमा लातले हिर्काए, जसले २०१० को विश्वकप फाइनलमा जाबी अलोन्सो माथिको नाइजेल दे जोंगको चुनौतीको सम्झना दिलाउने छ।

गसिनोभिक भुईंमा ढले र रेफ्री फेलिक्स ज्वायरले फुटबल इतिहासको सब भन्दा योग्य रेड कार्ड उत्पादन गरे।

भाग्यवश, गसिनोभिकले ठुलो चोटको सामना गरेनन तर उनि केहि चोटको कारण मैदान छोड्न बाध्य भए।

२४ बर्षेका मिडफिल्डर आफ्नो चोटपटकको फोटो इन्स्टाग्राममा पोस्ट गरे, उनले आफु ठिक रहेको पुष्टि गरे, र गोलकीपर न्युबेलले माफी मागेकोमा धन्यवाद दिए।

“दुर्भाग्यवश, त्यस्ता कुरा कहिलेकाहीं बलको लागि झगडामा हुन्छ।” उसले लेख्यो

“न्युबेल, तुरुन्त माफी माग्नुभएकोमा धन्यवाद। यो फुटबलमा हुन सक्छ। जे होस्, म तपाईंलाई भन्न सक्छु कि गम्भीर चोटजस्तो देखे बावजुद म ठिक छु। तपाईका सबै प्रोत्साहनजनक सन्देशहरूका लागि धन्यवाद! “