गोलकिपर साइन गरे पछि चेल्सीले फेरी नयाँ डिफेन्डर भित्राउने

चेन्सीले हालै नयाँ गोलकिपर साइन गरेको छ- रेनेसका गोलकीपर एडुअर्ड मेन्डी संग चेल्सीको ५ बर्सको सम्झौता भएको छ जसलाई चेल्सीले औपचारिक रूपमा घोषणा गर्न बाकी रहेको छ। हाल सम्म ७ नयाँ खेलाडी साइन गरेको चेल्सीले फेरी अब नयाँ डिफेन्डर साइन गर्ने कुरा रहेको छ।

खबर अनुसार चेल्सीले अब वेस्ट ह्यामका डिफेन्डर डेक्लन राइस साइन गर्ने छ जुन सिजन अघि फ्रयान्क लाम्पार्डको अन्तिम स्थानान्तरण हुने छ।

टिमो वर्नर, हाकिम जियाच, बेन चिलवेल, थियागो सिल्भा, एडुअर्ड मेन्डी र काइ हाभर्टज साइन गरेको ब्लूजको व्यस्त ग्रीष्मकाल रहेको छ, र अझै पनि चेल्सीले फेरी नयाँ डिफेन्डर साइन गर्ने छ। उक्त खेलाडीको लागि चेल्सीले कति तिर्ने कुरा खुलेको छैन तर दुई क्लब बीच छलफल हुदै गरेको खबर छ र चेल्सी उक्त खेलाडी साइन गर्न सफल हुने विश्वास रहेको छ।