गोलकिपर माथि रोनाल्डोको किक लागे पछि

क्रिस्टियानो रोनाल्डोले क्याग्लियारीको विरुद्ध आइतवारको लिग खेलमा पहिलो हाफ मै ह्याट्रिक गरे, तर उनी दोस्रो गोल गर्नु अगाडी रातो कार्ड पाउन नजिक थिए।

सिरी ए क्याग्लियारीको विरुद्ध उनको निकै उत्कृष्ट खेल रहेको थियो र उनको ह्याट्रिकको धेरै चर्चा भएको थियो भने खेलको क्रममा उनको किक गोलकिपरको अनुहारमा लागेको कुराको पनि धेरै चर्चा भएको छ र रोनाल्डोले रेड कार्ड पाउन पर्ने धेरैको विश्वास थियो।

खेलको क्रममा क्याग्लियारीको डि-बक्स भित्र आएको बल प्रहार गर्ने क्रममा रोनाल्डोको किक क्याग्लियारीका गोलकिपर एलेसियो क्रेग्नोको अनुहारमा लग्न पुग्यो र रोनाल्डोले पहेँलो कार्ड पाए तर सो फाउलबाट रोनाल्डोले रेड कार्ड पाउन पर्ने धेरैको विश्वास थियो।

सामाजिक सञ्जालमा सो भिडियो भाइरल हुँदै गएको छ र रोनाल्डोलाई रातो कार्ड नदिएकोमा क्याग्लियारीका फ्यानहरूले गुनासो गरेका छन्। उक खेल युभेन्टसले ३-१ले जितेको थियो।