गोलकिपरको अनुहारमा यस्तो किक लागे पछि खेलाडीले पाए रातो कार्ड

ब्राजिलको सिरी ए लिगमा निकै नराम्रो घटना भएको छ। वास्को दा गामा र बहिया बिचको खेलमा गोल गर्ने प्रयासमा दा गामाका सेन्टर ब्याकको किक विपक्षी टिमको गोलकिपरको अनुहारमा लागेको थियो।

खेलमा वास्को दा गामले फ्री किक पाएको थियो र फ्री किकबाट आएको क्रसलाई सट हान्ने क्रममा लियान्ड्रो क्यास्टनले सिधै गोलकिपरको अनुहारमा किक हान्ने सो किकबाट गोलकिपर डगलस फ्रेडरिक अनुहारमा चोट परेको थियो र भिएआरबाट रिप्ले हेरेर रेफरीले सेन्टर ब्याकलाई रेड कार्ड दिए।

सो निकै खराब थियो भने गोलकिपरको अनुहारमा ५ टाँका लगाउनु परेको तर उनलाई गम्भीर चोट नलागेको खुलेको छ।

सो खेल भने ०-०को बराबरीमा अन्त्य भएको थियो।