गोरखाको पालुङटारस्थित दरौदी नदीमा डुबेर १ किशोरीको मृत्यु भएको छ । खोप्लाङको मसानेपाटीस्थित दरौदी नदीमा पौडी खेल्न गएकी १४ वर्षकि सरिता गुरुङको खोलामा डुबेर मृत्यु भएको हो ।
उनको शव हिजो साँझ भेटिएको प्रहरीले जानकारी दिएको हो। त्यसै गरी अन्य दुई बालक पौडी खेल्न हिडेका थिए।
पौडी खेल्न गएका दुई साथी ११ वर्षीय अस्विन विक र ११ वर्षीय राजन श्रेष्ठ भने बेपत्ता छन् । उनीहरुको हिजो देखि खोजी भइरहेको प्रहरीले जनाएको छ ।