गैरेथ बेललाई चाइनाबाट प्रति हप्ता £१.२ मिलियनको प्रस्ताव

गैरेथ बेललाई चाइनाबाट निकै ठुलो प्रस्ताव आएको कुरा खुलेको छ, एक चीनी क्लबले उनको अगाडी प्रति हप्ता £१।२ मिलियनको प्रस्ताव राखेको छ। El Chiringuitoको अनुसार उनलाई एक चाईनिज क्लबले (जसको नाम खुलेको छैन)उनको हालको तलब भन्दा दोबर तलबको प्रस्ताव राखेको छ।


रियलमा उनको प्रति हप्ता तलब हाल £६००,००० रहेको उक्त क्लबले बेललाई रियलबाट सितैमा साइन गर्ने खोजेको कुरा छ जुन रियलले पक्कै पनि स्वीकार गर्ने छैन।