गेनोआमाथि युभेन्टसको जित

एजेन्सी, सेरि ए अन्तर्गत युभेन्टस र गेनोआबिरुद्धको खेलमा युभेन्टसले सहज जित दर्ता गरेको छ।

युभेन्टसको घरेलु मदान एलिएज इस्टेडियममा भएको उक्त खेलमा युभेन्टसले ३-१ गोल अन्तरले जितेको हो।

घरेलु टोलिलाई जित दिलाउने क्रममा कुलुसेभ्स्की, मोराटा र मेक्किन्नेले गोल गरे।

खेलको ४ औं मिनेटमा क्वाद्राडोको पासमा उत्कृष्ट गोल गर्दै कुलुसेभ्स्कीले अग्रता दिलाए।

त्येस्तै खेलको २१ मिनेटमा अल्भारो मोराटाले अग्रता दोब्बर बनाए। चिएसाको सतलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे पनि रोनाल्डोले नजिकबाट हानेको प्रहार गोलपोस्टमा लागेर फर्किने क्रममा मोराटाले फर्स्ट टचमा गोल गरे।

दोश्रो हाफको सुरुवातमै गेनोआले खेलमा फर्किने लक्ष्यण देखायो। रोभेलाको कर्नरमा एस्कामाकाले सटिक हेडर गर्दै खेल २-१ को अवस्थामा पुराए।

खेलको ६९ औं मिनेटमा देनिलोको पासमा वान अन वानको अवस्थामा म्क्केनीले गोल गर्दै खेल युभेन्टसको पोल्टामा पारे।

यस जितसंगै युभेन्टस अंक तालिकामा तेस्रो स्थानमा यथावत रहेको छ। उस्को ३० खेलमा ६२ अंक रहेको छ भने शिर्ष स्थानको इन्टर भन्दा १२ अंक तल रहेको छ। दोस्रो स्थानमा एसि मिलान छ। उस्ले ३० खेलमा ६३ अंक जोडेको छ।