गेटाफेसंग रियल म्याड्रिड पराजित

एजेन्सी । ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिड गेटाफेसंग हार व्योहोरेका छन । गेटाफेले घरेलु मैदानमा रियललाई १-० गोलले हराएको हो ।

गेटाफेको लागि एक मात्र गोल युनालले गरे ।

गेनाफेले खेलको ८ औं मिनेटमा युनालले गोल गदै अग्रता दिलाए । सोही गोलनै खेलको निर्णायक गोल रह्यो ।

युनालले म्याड्रिडको डिफेन्सको कम्जोरीको फाइदा उठाउदै गोल गरेका थिए ।

रियलले खेल अवधीभर बल नियन्त्रणमा राख्न सफल भए पनि गोल गर्न नसक्दा खेल आफ्नो पोल्टामा पार्न असफल भयो ।

म्याड्रिडले खेलमा १५ गोल पोस्टमा सट प्रहार गरेका थिए ।

गेटाफेले जितमा १६ औं स्थानमा रहेको छ ।

उसले १९ खेलबाट १८ अंक जोडेको छ ।

रियल भने २० खेलबाट ४६ अंक जोडेर शिष स्थानमा छ ।