एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा रियलले गेटाफेलाई २-० ले हराएको छ ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रियलले अग्रता बनाएको थियो ।
रियलका लागि बेम्जिमाले भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे ।
त्यसपछि खेलको ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।
जितसंगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
रियलले २२ खेलमा ४६ अंक जोडेको छ ।
तर, रियल शीर्ष स्थानको एट्लेटिको भन्दा अझै ५ अंकले पछि रहेको छ ।
एट्लेटिकोको ५१ अंक रहेको छ ।
गेटाफे २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।