गुमेको शान फर्काउदै म्यान्चिनी

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत नकआउट चरणको दोश्रो खेलमा इटालीले अष्ट्रियाबिरुद्ध संघषपुर्ण जित निकल्न सफल रह्यो। प्रतिस्पर्धात्मक बनेको खेलमा अन्ततः अतिरिक्त समयको गोल निस्केको थियो।

पहिलो र दोश्रो हाफ गोलरहित बराबरी पछि खेल ३० मिनेटक्क अतिरिक्त समय तर्फ धकेलिएको थियो। चिएसाले ९४ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि १० मिनेट पछि पेसिनीले गोल गर्दै अग्रता दोब्बर पारे।

खेल सकिन केही समय बाकी रहेको अवस्थामा अष्टियाका कलाड्जिकले सान्त्वना गोल फर्काए।

यो जितसंगै इटालीले राष्ट्रिय टोलिले नया रेकर्ड बनाएको छ। उस्ले ३१ खेल अपराजित रहदै उक्त रेकर्ड रचेको हो। सन २०१८ सेप्टेम्बरमा पोर्चुगलसंग नेशन्स कपमा पराजित भए यता हार व्योहोरेको छैन।

यस्तै इटालीले रोबेर्टो म्यान्चिनीको प्रशिक्षणमा पछिल्लो ३६ खेलमा २७ जित दर्ता गरेको छ।

युरो कप २०२० को समूह चरणको तिनै खेलमा बिना गोल ब्योहोर्दै जित निकालेका थिए।