गुन्डुगानले गरे म्यान्चेस्टर सिटीसँग सम्झौता नवीकरण

जर्मनीका मिडफिल्डर इल्के गुन्डुगान इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा थप चार वर्ष रहने भएको छ।

सिटीले शुक्रबार गुन्डुगनसँग सम्झौता नवीकरण गरेका छन्।उनी अब म्यान्चेस्टर सिटीमै सन् २०२३ सम्म रहने भएका हुन्।२८ वर्षीय गुन्डुगनले क्लबसँगको नयाँ सम्झौतामा पछि भने सिटीमै बस्न पाउँदा म एकदम खुसी छु र म यस क्लवलाई धेरै सफलता दिन चाहान्छु।

गुन्डुगन सन् २०१६ मा जर्मन क्लव बोरुसिया डर्टमण्डबाट म्यान्चेस्टर सिटी छिरेका थिए।