गुठीलाई विश्व सम्पदाको सूचीमा राख्न पर्छ – गुठीयार

आज शुक्रबार वसन्तपुरमा आयोजित खबरदारी सभामा गुठी सरोकारवालाहरुले मूर्त सभ्यता र सम्पदाहरु जोगाउन गुठी परम्परा जस्ता अमूर्त संस्कारको महत्वपूर्ण भूमिका रहेको भन्दै गुठीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने बताएका छ। नेपालको मौलिक पहिचान भनेको धर्म, संस्कृति, सभ्यता र सम्पदा हो भन्दै उनीहरुले गुठीलाई सम्पदामा राख्नुपर्नेमा जोड दिएका हुन्।

गुठी विधेयक पूर्ण सरोकारवालासँग सम्बाध र छलफल नगरी संसदमा पुग्नसक्ने भनेका छन्। यसको विरोधको लागि निरन्तर खबरदारी जरुरी भएको बताए।

गुठी सरोकारवालाहरुले गृह, सन्चार र भूमि व्यवस्था मन्त्रीको राजीनामाको माग यथावत् रहेको पनि जानकारी दिएका छन्।