एजेन्सी । म्यान्चेस्टर सिटिका मुख्य प्रशिक्षक पेप गुआर्डिओलाले क्लबसंग नयाँ सम्झौता गरेको छ । उनले सिटिसंग दुई वर्षको थप सम्झौता गरिएको क्लबले जनाएको छ ।
इंग्लिस फुटबलमा आगमन भएसंगै गुआर्डिओलाले सफलता हासिल गर्दै आएका छन् ।
२०१६ मा सिटिको प्रशिक्षकमा नियुक्त भए पछि उनले चार प्रिमियर लिग उपाधी जितेको छ ।
बार्सिलोनाबाट बायर्न म्युनिक हुँदै सिटि आएका गुआर्डिओला सिटिमा २०२५ सम्म रहने छ ।
सिटि जारी सिजनको लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा आर्सनल पाँच अंकले अगाडि रहेको छ ।
त्यस्तै, सिटिले युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत स्थान बनाइसकेको छ ।