जोन लापोर्टाले बार्सिलोनाका लागि ठूलो योजना बनाएका छन् जुन उनले क्लब अध्यक्षको पदका लागि लड्ने घोषणा गरे पछि भने।
लापोर्टा गार्डियोलाका ठुला प्रशंसक हुन् र उनि गार्डियोलालाई बार्सिलोना फर्केको देख्न चाहन्छन्।
“म गार्डियोलालाई बार्सामा फर्केको देख्न चाहन्छु ,” लापोर्टाले भने। “तर उनि अहिले सिटीमा छन् र यो उनले नै निर्णय गर्नुपर्दछ।
“उनी बार्सिलोनाका लागि महत्वपूर्ण व्यक्तित्व हुन् र धेरै क्याटालानहरू उनलाई पुनः प्रशिक्षक बनेको देख्न चाहन्छन्।
“जब समय सही हुन्छ म उनि सँग कुरा गर्छु मेरो विचारमा उनि बार्सिलोनाका कोच हुनुपर्दछ २०२१ पछि।”