गार्डियोलाले मोरिन्होको रेकर्ड तोडे

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले टोटनह्याम प्रबन्धक जोसे मोरिन्होको रेकर्ड तोडेका छन्।

स्पानियर्ड अब प्रीमियर लिग ईतिहासको सबै भन्दा उत्कृष्ट प्रबन्धकहरु मध्ये एक बनेको छन्।

उनी प्रीमियर लिगमा सबै भन्दा छिटो १०० खेल जित्न प्रबन्धक बनेका छन् । म्यानचेस्टर सिटीको शेफील्ड युनाइटेड बिरुद्धको जित पछि पेपले यो उपलब्धि हासिल गरे।

यस सिजन लिगको दौडमा गार्डियोलाको सिटी लिभरपूल संग धेरै टाढा छन्, तर अघिल्लो दुई सत्रमा उनको दुई शीर्षक सफलताले उनलाई क्लबमा ईतिहास बनाउन मद्दत गरेको छ।

“यो क्लब, खेलाडीहरु र स्टाफको ठुलो उपलब्धि हो, १०० जीत हासिल गर्नु एक ठूलो प्रशंसा को कुरा हो,” संवाददाताहरुलाई ४८ वर्षीय कोचले भने।

“यो अविश्वसनीय उपलब्धि हो, यो संगठनको लागि र हामीले यस अवधिमा भएका सबै खेलाडीहरू र स्टाफलाई ठूलो बधाई दिइरहेका छौं।

“अवश्य पनि हामी यस सिजनमा सबैमा गर्व गर्दछौं, अविश्वसनीय प्रयास। १३४ खेलहरूमा १०० जीत निकाल्नु , यो एक अविश्वसनीय उपलब्धी हो।