म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला सिटीले सधैँ प्रिमियर लिगको लागि प्रतिस्पर्धा गरेर सम्मान कमाएको बताएका छन्। लिग जिते पछि अर्को सिजन पनि सिटीले लिगको लागि कडा चुनौती दिएको र शीर्ष दुईबाट बाहिर नपुगेको बताए।
Guardiola says Man City earned respect by always competing for Premier League title while other champions struggle https://t.co/VSBMMc3occ
— Jonathan Smith (@jonnysmiffy) March 6, 2021
साबिकको लिग विजेता लिभरपूललाई लक्षित गर्दै उनले बोलेका छन्। अन्य क्लबहरू लिग जिते पछि अर्को सिजन शीर्ष ४मा पुग्न सङ्घर्ष गर्ने तर सिटीलाई यस्तो नभएको पेपले दाबी गरे।
“यस क्लबले गत दशकमा गरेको सबभन्दा राम्रो काम भनेको यो हो कि प्रत्येक पटक हामीले उपाधि जिते पछि अर्को सिजन पनि हामी लिगको प्रतिस्पर्धा हुन्छौ,” गार्डियोलाले म्यानचेस्टर डर्बीको अगाडिको अन्तर्वार्तामा भने।
Pep Guardiola:
“The nicest thing this club has done in the last decade is that every time we won the title, the next season we were there. The lowest position was second after winning. You see other champions, they fight to qualify for the top four.” pic.twitter.com/owB2UDUt7A
— Man City Report (@cityreport_) March 6, 2021
“लिग जिते पछि हाम्रो सबभन्दा तल्लो दोस्रो स्थान थियो।
“तपाईँले अरू च्याम्पियनहरू हेर्न सक्नु हुने छ, लिग जिते पछि उनीहरूले शीर्ष चारमा पुग्न लड्छन् र यसको अर्थ हाम्रो खेलमा स्थिरता छ। यो प्रतिस्पर्धाको कुरा होइन, त्यहाँ जित्ने र जितको कुरा हो, तब तपाईँले सम्मान पाउनु हुने छ।
“एउटा उपाधि तपाईँले जित्न सक्नुहुन्छ, तर लामो समय सम्म प्रतिस्पर्धामा रहिरहनु – त्यो हो जसले बढी गर्व दिन्छ।