गार्डियोलाको इगोले हालान्डको क्षमता बिगार्ने ज्लाटनको दाबी, गार्डियोलाले पनि फर्काए जवाफ 

एसी मिलानका सुपरस्टार ज्लाटन इब्रहिमोविचले म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाको इगोले हालान्डको क्षमता बिगार्ने भनेर दाबी गरेका थिए । आफ्नो पूर्व कोच पेप गार्डियोलाको ठुलो इगोको कारण हालान्डको क्षमता विकास हुन सक्ने भनेर दाबी गरे भने हाल गार्डियोलाले पनि सो वारे जवाफ फर्काएका छन्।

“के गार्डियोलाले हालान्डलाई सुधार गर्न सक्षम हुने छन्?” इब्रहिमोविचले एक अन्तर्वार्तामा बोल्दै भने।

“यो गार्डियोलाको इगोमा निर्भर गर्दछ, यदि उनको इगोले हालान्डलाई आफू भन्दा ठुलो हुन अनुमति दिन्छ वा दिँदैन। उनले मलाई वा अरूलाई ठुलो बन्न दिएनन्।

हालै म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले ज्लाटन इब्रहिमोविच टिप्पणी वारे जवाफ फर्काएका छन्। म्यान सिटीको फुल्ह्याम विरुद्धको खेल अघिको पत्रकार सम्मेलनमा एक रिपोर्टरले उनलाई इब्रहिमोविच टिप्पणी वारे प्रश्न गर्दा पेपले सो वारे व्यङ्ग्यात्मक रूपमा जवाफ दिए।

“ज्लाटन सही हुनुहुन्छ, उहाँ पूर्ण रूपमा सही हुनुहुन्छ,” गार्डियोलाले भने

“यस क्लबमा, यो टोलीमा, मेरो अहंकार हरेक व्यक्ति, हरेक खेलाडीभन्दा ठुलो छ। मलाई मन पर्दैन जब हालान्डले तीन गोल गर्दै सबै हाइलाइटहरू आफू तिर लाग्ने गर्छन। म धेरै ईर्ष्यालु छु! साँच्चै, म धेरै ईर्ष्यालु छु!

“मैले भनेँ ‘एर्लिंग, कृपया धेरै गोल नगर, अन्यथा मिडियाहरूले मेरो वारेमा कुरा गर्दैनन् । उहाँ सही हुनुहुन्छ, उहाँले [ज्लाटन] मलाई राम्रोसँग चिन्नुहुन्छ।”

इब्रहिमोविचले बार्सामा पेप गार्डियोला नेतृत्वमा २००९ देखि २०११मा खेलेका थिए भने दुई बिचको सम्बन्ध क्लबमा निकै राम्रो बन्न पुगेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ