पोखरामा आज शनिवार बिहान गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका २८ माझठाना निवासी रामकृष्ण कँडेलका ३ वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
बिहान ८ बजे बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो। त्यसलगत्तै अस्पताल लगिएका बालकलाई अस्पतालले मृत घोषणा गरेका हो ।
घटनालगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनकारी दिएका छन्।