गभनर्स गोल्ड कपको सेमिफाइनलमा मनाङ

मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
ग्यान्टोकस्थित पाल्चोर रंगशालामा भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै मनाङदृ अपन्तम चारको यात्रा तय गरेको थियो । मनाङ बिहीबार फाइनल प्रवेशका लागि जर्ज टेलिग्राफको सामना गर्नेछ ।

विमल रानाको गोलबाट अग्रता लिएको मनाङका लागि खेलेका अन्त्य तिर सुजल श्रेष्ठले २ गोल गरेका थिए । मनाङ सुजलकै कप्तानीमा मैदान ओर्लिएको थियो । सातौं मिनेटमा विमलले मनाङका लागि पहिलो गोल गरेका थिए । तर २५ औं मिनेटमा आत्मघाती गोल भएपछि खेलमा १–१ को बराबरी भएको थियो । मनाङले ६८ औं मिनेटमा दोस्रो पटक खेलमा अग्रता लिएपनि कोलकाकाले ७७ औं मिनेटमा दोस्रो पटक बराबरी गोल फर्काएको थियो ।

तर सुजलले ८५ औं र खेलको अन्तिम मिनेटमा गोल गरेपछि मनाङको अघिल्लो चरणको यात्रा पक्का भएको थियो । प्रतियोगितामा सहभागी नेपाली अर्को टोली नेपाल एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङले भने सोझै क्वार्टफाइनलमा प्रवेश पाएको थियो ।