गत ट्रान्सफर विन्डोमा मात्र बार्सिलोना आएका स्टार खेलाडी क्लब छोड्ने प्रयासमा

ला लिगा क्लब बार्सिलोनामा आफ्नो अवस्थाबाट गत ट्रान्सफर विन्डो मात्र क्लबमा आएका फ्रान्क केसी खुसी नरहेको रिपोर्ट छ।

यो वर्षको जुलाईमा फ्रान्क केसी र मिलान बिचको सम्झौता अन्त्य भए पछि उनलाई बार्साले उनलाई फ्री एजेन्टमा साइन गरेको थियो तर हाल उनले बार्सामा धेरै खेल समय पाएका छैनन् जसको कारण केसी क्लबमा खुसी नरहेको जानकारी छ ।

एसी मिलानमा महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका फ्रान्क केसीले बार्सामा भने बेन्च खेलाडीको रूपमा रहेका छन् र उनले धेरै खेल समय पनि पाएका छैनन् जसको कारण उनी असन्तुष्ट रहेका छन् र आउँदो जनवरी ट्रान्सफर विन्डोमै उनले क्लब छोड्न इच्छुक रहेको रिपोर्ट छ।

बार्सा सँग हाल मिडफिल्डमा पेड्रि, सर्जियो बुस्केट्स, गावी, र फ्रेन्की डे जोंग जस्ता खेलाडीहरू रहेको छ जसको कारण फ्रान्क केसीले धेरै खेल समय पाएका छैनन्।

उनले यस सिजन ला लिगामा सात खेल खेलेका छन्, जसमा दुई खेलमा मात्र उनी सुरुवाती खेलाडीको रूपमा रहेका थिए भने अन्य खेलमा उनी वैकल्पिक खेलाडीको रूपमा आएका थिए।

आइभरी कोष्ठका स्टार मिडफिल्डरले मिलानमा २१३ खेल खेल्दै उनले ३६ गोल र १६ असिस्ट प्रधान गरेका थिए तर बार्सामा उनले धेरै खेल समय पाएका छैनन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ