गणेश थापाले दिए एन्फालाई मोफसलमा हुने प्रतियोगिताका लागि येस्तो सुझाव

एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फाले मोफसलमा हुने फुटबल प्रतियोगिताको लागि जारी गरेको नियावली सम्बन्धमा सुझावहरु राखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझावहरु राखेका हुन् ।

अखिल नेपाल फुटबल संघ द्वारा मोफसलमा हुने प्रतियोगिताको निमित्त जारि गरिएको नियावली सम्बन्धमा मेरा केही आफ्ना विचारहरु सुझाव को रुपमा दिन चाहन्छु :

१. विगत पाँच वर्षदेखि कुनैपनि क्लबले अखिल नेपाल फुटबल संघ मा खेलाडीहरू एक वर्षको निमित्त दर्ता भएका छैनन् यस्तो अवस्थामा एन्फा मा दर्ता भएका मात्र खेलाडीहरु खेलाउन पाउने नियमावलीले कसरी सम्भव होला त्यस्को निमित्त पहिला एकवर्ष भरी खेलाडीहरू एन्फामा दर्ता हुनुपर्यो ।

२. नियावली मा प्रष्टरुपमा क श्रेणी प्रतियोगिताकालागि
पुरस्कारको राशि १० लाख ख श्रेणीको लागि ८ लाख ग श्रेणीको लागि ६ लाख राखिसकेपछि त्यो लागु हुनु पर्यो होइन भने नियावली मा नराखेको राम्रो व्यक्तिविशेषको निमित्त नियावली बनाउन सकिँदैन ।

३. प्रतियोगिता संचालन गर्नको निमित्त मोफसल का आयोजकहरुले २० हजार पन्ध्र हजार दसहजार एन्फालाई बुझाउने नयाँ सुरुवात गरेको राम्रै होला तर क श्रेणी ख श्रेणी ग श्रेणी को लागि एन्फाद्वारा द्वारा आर्थिक सहयोग कति दिने भनेर पनि नियावली मा राख्न सकेको भए राम्रो हुने थियो ।

४. सबै काठमाडौंका ए डिभिजनका क्लबहरुलाई सहभागी गराउने नियावली राम्रै हो यसमा बि डिभिजनको च्याम्पियन र सि डिभिजनको च्याम्पियनलाई पनि क्रमश खश्रेणी र ग श्रेणीमा सहभागी गराउन सके राम्रो हुने थियो त्यस्तै प्रदेश लिग सुरु भइसकेपछि प्रदेश लिगका च्याम्पियन लाई पनि सहभागिता गराउनुको निमित्त पहल गर्दा राम्रो हुनेछ ।

५. यस्ता किसिमका नियावली हरु हिजोका दिनमा पनि सम्बन्धित आयोजकहरुलाई पठाउने गरेको थियो यसमा केही नयाँ कुराहरु पनि समावेस भएका छन् यो सकारात्मक कुरा हो तर यस्ता नियावली हरु प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनु उचित होइन यो त सम्बन्धित आयोजकहरुलाई पठाउने कुरा हो फिफा तथा एएफसीले पनि नियावली हरु एन्फालाई पठाउने गर्दछन् प्रेस विज्ञप्तिमार्फत मार्फत जानकारी गराउँदैन ।

६. यो नियावली बनाउँदा सबै मोफसल का आयोजकहरु सँग अन्तरक्रिया कार्यक्रम गरेर नियावली तयार गरेको राम्रो हुने थियो ।