खेल बराबरीमा अन्त्य भए पछि गार्डियोला सहायक रेफरी संग यसरी बहस गर्न पुगे

प्रिमियर लिगमा म्यान सिटी र वेस्ट ब्रोम बीचको खेल अप्रत्याशित बराबरीमा अन्त्य भएको थियो र सो खेलमा सिटीका कोच गार्डियोला खुसी रहेको देखिँदैनन। खेल अन्त्य हुन लाग्दा अतिरिक्त समयबाट पेप खुसी थिएनन् र सो बारे उनि फोर्ट अफिस्यल संग बहस गर्न पुगे।

खेलको अन्त्य तिर फोर्ट अफिस्यलले ४ मिनेटको अतिरिक्त समयको संकेत गर्नु अगि म्यान सिटीका कोच पेप गार्डियोला अफिस्यल संग बहस गर्न पुगे।

उनि खुशी थिएनन्। तर उनको बिन्ती फोर्ट अफिस्यल एन्थोनी टेलर बेवास्ता गरे। उनि पहेलो कार्ड पाउनबाट भने बचे। यस सिजनमा सिटीले अब सातौं पटक अंक ड्रोप गरेको छ।

सिटी हाल लिगको छैटौंमा स्थानमा छ, शुरुका १२ खेलहरू मध्ये केवल पाँचमा सिटीले जित हासिल गरेको छ।