खेल हारे पछि फ्यानहरूद्वारा भीएआर माथि तोडफोड

ब्राजिलियन शीर्ष लिगको क्लब ग्रेमियोले खेल हारे पछि फ्यानहरूले मैदान भित्र प्रवेश गरेर भीएआर माथि तोडफोड गरेका छन्। पाल्मीरास विरुद्ध आफ्नै होममा १ गोलको अग्रता लिए पनि अन्त्यमा ३-१ले खेल हारे पछि ग्रेमियोका फ्यानहरू धेरै आक्रोशित भएका थिए। खेलमा पाल्मीरासले दुई पेनाल्टी पाएको थियो र ३-१को जित पाल्मीरासले हासिल गरेको थियो।

बायर्न म्युनिखका पूर्व स्टार डग्लस कोस्टा र राफिन्हालाई साइन गरेको ग्रेमियो ब्राजिलियो सिरी ए मा १९ औँ स्थानमा छन् र ११ खेल मात्र बाँकी रहँदा दोस्रो डिभिजनमा झर्न सक्ने खतरामा रहेका छन्।

उक्त हार पछि फ्यानहरू धेरै आक्रोशित थिए भने उक्त फ्यानहरू मैदानमा प्रवेश गरे भने भीएआर माथि उक्त फ्यानहरूको लक्षित गर्दै तोडफोड गरे। फ्यानहरूको तोडफोडलाई रोक्न प्रहरीहरूको प्रयोग गर्न परेको थियो र प्रहरी परिचालन गरे पछि मात्र स्थिति नियन्त्रणमा आएको थियो।

ग्रेमियोका फ्यानहरू क्लबको खेलबाट खुसी छैनन् भने क्लब रेलिगेसन जोनमा रहेको छ र लिगमा केवल ११ खेल बाँकी रहेको बेला ग्रेमियो धेरै दबाबमा रहेको छ।