खेल हारे पछि डर्टमन्डका स्टार यसरी रिसाए

बुन्डेसलिगाको खेलमा बोरुसिया डर्टमन्डले फेरी पनि हारको सामना गरेको थियो। युनियन बर्लिन बिरुद्धको खेलमा डर्टमन्ड २-१ले पराजित भएको हो र खेल पछि डर्टमन्डका स्टार डिफेन्डर केहि क्रोधित देखिन्थे।

पछिलो ५ खेलमा बोरुसिया डर्टमन्डको यो तेस्रो हार रहेको छ र खेल पछि अन्तर्वार्ता दिने अगाडी म्याट्स ह्युमेल्स यति आक्रोशित थिए कि उनले विज्ञापनको बोर्डमा पंच हने।

खेलको नतिजा संग उनि स्पष्ट रूपमा खुसी थिएनन्। उक्त खेल डर्टमन्डले २-१ले हारेको थियो र हाल म्याट्स ह्युमेल्सको खेल पछिको यो प्रतिक्रिया धेरै भाइरल हुदै गएको छ।