खेल पछि लाइन्स-म्यानले हलान्ड सँग अटोग्राफ मागे पछि

च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले डर्टमन्डलाई २-१ले हराएको थियो। खेल निकै रोमाञ्चक रहेको थियो भने हाल खेलको भन्दा खेलको अन्त्य पछि भएको एक प्रसङ्गको धेरै चर्चा हुँदै गरेको छ।

उक्त च्याम्पियन्स लिगको अन्त्य भए पछि खेलका लाइन्स-म्यानले डर्टमन्डका स्टार अर्लिङ हलान्ड सँग अटोग्राफ मग्न गएको देख्न सकिन्छ। खेलको अन्त्य पछि खेलाडीहरू टनेलबाट ड्रेसिङ रुम जाने क्रममा लाइन्स-म्यानले हलान्ड सँग अटोग्राफ मागेको देखिन्छ।

खेल पछि रेफ्री र लाइन्स-म्यानहरुले पनि खेलाडीहरू सँग जर्सी वा अटोग्राफ माग्ने कुरा नौलो हैन तर यो धेरै विरलै हुने गरेको छ।

बिटि सपोर्टले टेलिकास्ट गरेको उक्त भिडियो हाल धेरै भाइरल हुन पुगेको छ। लाइन्स-म्यान पनि हलान्डको फ्यान भएको भने धेरैले लाइन्स-म्यानको पक्षमा बोले भने केहीले लाइन्स-म्यानको उक्त कार्यको आलोचना पनि गरे। लाइन्स-म्यानको उक्त कार्य अनुपयुक्त रहेको केही सिटी फ्यानहरूले गुनासो गरेका छन्।