खेल नखेल्दै मेस्सीको प्रभाव; ७ मिनेटमा १,५०,००० भन्दा बढी जर्सी बिक्री

एजेन्सी, फ्रेन्च क्लब पि.एस.जिका अर्जिन्टिनियन स्टार खेलाडी लियोनल मेस्सीले कुनै प्रतिस्पर्धात्मक खेलमा क्लबको जर्सी नलगाउदै उनको प्रभाव देखिएको छ। रिपोर्टका अनुसार ७ मिनेटमा नै १,५०,००० भन्दा बढी उनको नामको पि.एस.जिको जर्सी बिक्री भएको छ।

रिपोर्टका अनुसार उक्त जर्सीहरुको कुल मूल्य २० मिलियन युरो भन्दा बढी रहेको छ। पि.एस.जि र क्लबको जर्सी निर्माता नाइकि बिचको सम्झौताका कारण क्लबले उक्त रकम भने नपाउने भनिएको छ। रिपोर्टका अनुसार क्लब र नाइकि बीच वार्षिक रुपमा नाइकीले पि.एस.जिलाई ८० मिलियन युरो तिर्ने सम्झौता रहेको छ।
३४ वर्षका अर्जिन्टिनियन स्टार खेलाडी लियोनल मेस्सी हालै फ्री ट्रान्सफरमा स्पेनिश क्लब बार्सिलोनाबाट पि.एस.जिमा अनुबन्धित भएका हुन्। रिपोर्टका अनुसार पि.एस.जिमा उनको प्रती सिजन पारिश्रमिक ३५ मिलियन युरो रहेको छ।