खेल खेलाउन रेफ्री नआए पछि वैकल्पिक रेफ्रीको प्रयोग- वैकल्पिक रेफ्री ८०औँ मिनेटमा बेहोस

मङ्गलवार अफ्रिकन कप अफ नेसनको क्वालिफायरको खेलमा निकै अनौठो घटना भएको छ। आइवरी कोस्ट र इथियोपिया बिचको खेलमा निकै अनौठो घटना भयो जसको हाल सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ।

मङ्गलवार आइवरी कोस्ट र इथियोपिया बिचको खेलको लागि किक अफको समय रेफ्री अज्ञात कारण पुगेनन् र खेल सुरु गर्न वैकल्पिक रेफ्रीको रूपमा चार्ल्स बुलु नियुक्त भए र उनले खेल सुरु गरे।

तर, खेलको ८०औँ मा उनी केही बिरामी देख्न थाले र वैकल्पिक रेफ्री चार्ल्स बुलु ८०औँ मिनेटमा बेहोस भए र उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लागिएको थियो भने उनलाई नजिककै अस्पतालमा लग्न परेको थियो र खेलमा तेस्रो पटक रेफ्रीको आवश्यकता पर्‍यो र यस्तो समयमा रेफ्रीको ठाउँ फोर्ट अफिसियलले लिने गरेको छ तर खेलको फोर्ट अफिसियल कौसी बिरो आइवरी कोस्टका नागरिक भएको कारण उनले खेल खेलाउन पाएनन् र खेल धेरै समय सम्म रोक्यो।

अन्त्यमा खेलको नेतृत्व केन्याई लाइनमन्स गिल्बर्ट चेरुयोटले लिए र उनले फेरी अर्को अनौठो कार्य गरे। खेल धेरै समय सम्म रोके पनि अतिरिक्त समय बिना उनले ९० मिनेटमा खेल अन्त्य गरे।

निकै अनौठो रहेको उक्त खेलमा आइवरी कोस्ट सँग इथियोपिया ३-१ले पराजित भएको थियो तर हारको बाबजुद इथियोपिया अर्को चरणमा पुगेको छ।