“खेल अगाडी मेस्सीले मलाई लकी रिबन दिएको थियो”- पाउलो डायबाला

पाउलो डायबालाले आफुलाई ‘लकी चार्म’ दिएकोमा उनले मेस्सीको प्रशंसा गरेका छन्। युभेन्टसका स्टार, अर्जेन्टीनाको चिली बिरुद्धको तेस्रो स्थानको लागिको खेलमा खेले र मध्यान्तर अगाडी गोल पनि गरे। खेल पछि उनले आफुलाई मेस्सीले दिएको रातो रिबन वारे बोले ।


“मेस्सीले मलाई खेल अगाडी राम्रो भाग्यको लागि एक रातो रिबन दिए, र महिले खेलमा गोल पनि गरे जुन प्रतिस्पर्धी खेलमा अर्जेन्टीनाको लागि मेरो पहिलो थियो, सायद उक्त ‘लकी चार्मले’ काम गर्यो ”

मेस्सीले अरु खेलाडीको होसौला येसरी बढाएको पहिलो पटक भने हैन उनले बार्सिलोनामा पनि आफ्नो लकि रिबन कौटिन्होलाई दिएका थिए