ग्यारेथ बेलले रियल म्याड्रिडलाई फेरि ट्रोल गर्दै गरेको देखिनछ।
उनलाई जिदानले खेलहरुमा धेरै प्रयोग नगर्दा उनि बेञ्चमा बस्दा ‘बोर’ भएको देख्न सकिन्छ।
र यो स्पष्ट छ कि ३० बर्षेका स्टार धेरै बेञ्चमा बसेर बोर भएका छन् र उनि आफ्नो मनोरन्जनको नयाँ शैलीहरु प्रयोग गर्दै छन्, केहि दिन अघि उनि बेञ्चमा निदाएको फोटो भाइरल भएको थियो भने हाल फेरी उनले टेपको रोललाई दूरबीनको रुपमा प्रयोग गर्दै गरेको फोटो भाइरल भएको छ।
Gareth Bale’s just spotted a golf course in the distance… pic.twitter.com/NeY3fCfvRf
— ODDSbible (@ODDSbible) July 13, 2020
फ्यानहरूले बेलको उक्त कार्यहरुको मजाक उदाएका छन् र मिमहरु बनाएका छन् र उनले ‘लस ब्लान्कोस’को लागि खेल्ने बाहेक सबै कुरा गर्ने मिमहरु भाइरल हुन पुगेको थियो।
🔭 Gareth Bale sees the #LaLiga title within distance 👁 pic.twitter.com/hG2OZOOY1O
— beIN SPORTS USA (@beINSPORTSUSA) July 13, 2020
Gareth Bale dropping another meme Masterclass from Bench 🔥#GranadaRealMadrid pic.twitter.com/RBfqDKLBLl
— Los Blancos Stan ⚡️ (@LosBlancoStan) July 13, 2020
जहाँ संसारभरका फ्यानहरूले बेलको नयाँ कार्यहरुको आनन्द लिइरहेका छन्, स्पेनिश मिडियाले भने उनको उक्त कार्यहरुको लागि आलोचना गरेका छन्।
“बेलले रियल म्याड्रिडको लिग उपाधि यात्रामा कुनै योगदान दिएका छैनन्।” एक रिपोर्टरले बेलको बारे लेखे।