खेलाडीहरु खुशी नरहेको म्यान्चेस्टर युनाइटेडका प्रशिक्षकले स्वीकारे

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक राल्फ र्याङनिकले क्लबका केहि खेलाडीहरु सन्तुष्टि नरहेको पुष्ठि गरेका छन् ।

इङलिस प्रेमिएर लिगमा वुल्भसबिरुद्धको हार पछि म्यान्चेस्टर युनाइटेडका अधिकतम खेलाडीहरु क्लबमा खुशी नरहेको रिपोर्ट्सहरु आएका थिए र शुक्रबार भएको पत्रकारका सम्मेलनमा प्रशिक्षक राल्फलाई खेलाडीहरु खुशी नरहेको कुरा साचो हो भन्ने प्रश्न सोध्दा उनले स्विकारेका छन् ।

‘यो म्यान्चेस्टर युनाइटेडको मात्र समस्या होईन सबै क्लबको नै समस्या हो,’ प्रशिक्षक राल्फले भने । ‘पछिल्लो दुई खेलमा लगभग सबै खेलाडीहरु उपलब्ध थियो । जब तपाइँसंग ठुलो संख्याको टिम हुन्छ र मात्र १० केहि खेलाडीहरुले मौका पाउछ बाकी १२/१५ जना खेलाडीहरु स्क्वाडमै अटाउदैन ।

‘तिनी खेलाडीहरु पक्कै पनि खुशी हुने छैनन् । म हरेक २/३ हप्तामा खेलाडीहरुलाई मैले किन नखेलाएको वारे सम्झाउछु, तर म यो हरेक हप्ता गर्न सक्दिन । यो हाम्रो र अरु क्लबहरुको नै समस्या हो ।

‘केहि खेलाडीहरुको सम्झौता आउदो समरमा सकिने छ भने केहिले क्लब छोड्ने इच्छा व्यक्त गरेका छन् । यो खेलाडीहरुले नै प्रोफेसनल रुपमा लिनु पर्छ । सबैले प्रशिक्षणमा आफ्नो प्रतिभा देखाउन पाउछन् र त्यहीबाट मौका पाउने हो । यदि यस्तो होईन भने हामीले यसको सामाधान निकाल्नु पर्छ ।’