एस्टन भिल्ला र वोल्भ्स बीचको खेल निकै तनावपूर्ण रहेको थियो। रेफ्री आइकन माइक डीनले शनिबारको त्यो खेलमा व्यक्तिगत माइलस्टोन ‘प्राप्त गरे’ सो खेलमा उनले ३,००० पहेलो कार्ड पुरा गरे। सो खेलमा माइक डीनले ९ पहेलो कार्ड र २ रातो कार्ड देखाए र तनावपूर्ण रहेको खेलको हाल एक भिडियो भाइरल भएको छ जसमा खेलाडीहरुको झगडा हुँदा माइक डीनको हास्यास्पद प्रतिक्रिया रहेको छ।
Wasit Mike Dean adalah kita 😂
Mike Dean: “kalian udah puas belum ribut-ributnya?”pic.twitter.com/ByXebPZsSr— ⚽txtdrisepakbola⚽ (@txtdrisepakbola) December 13, 2020
११ कार्ड देखाउन परेको उक्त खेलबाट सायद माइक डीन निकै बोर भैसकेका थिए कि खेलाडीहरुको झगडा हुँदा उनले मतलब पनि गरेनन र उनि उक्त झगडा हेर्दै बसे र कार्ड दिन पर्खँदै बसे।
Mike Dean is pure cruise 😅😅 pic.twitter.com/DNXDqPdy3Y
— Black Foreigner🇬🇭🇳🇬 (@gideonkojo1) December 12, 2020
सो खेल एस्टन भिल्लाले १-०ले जितेको थियो। खेलको निकै अन्तिम समयमा भिल्लाले पेनाल्टी पाएको थियो। खेल सुरु देखिनै निकै तनावपूर्ण रहेको थियो र उक्त खेलमा प्रसिद्ध रेफरीको खेलाडीहरुको लडाई प्रति हास्यास्पद प्रतिक्रियाय अहिले भाइरल हुदै गएको छ।