खेलाडीले विपक्षी टिमको कोचको कपाल बारे मजाक उडाए पछि खेलको क्रममा झगडा

इनटर मिलानलाई हराउदै सेभिल्लाले यूरोपा लिग फाइनल उपाधि जितेको थियो। शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको थियो खेल निकै रोमाञ्चक रहेको थियो भने उक्त खेलमा केहि अनौंठो घटना पनि भयो।

सेभिल्लाका मिडफील्डर एभर बनेगा जो पुर्व इन्टर खेलाडी हुन्- उनले खेलको क्रममा इन्टरका कोच कोन्टेको कपालको मजाक उडाए जस पछि दुई बीच झगडा हुन पुग्यो।

कोन्टे एभर बनेगाका टिप्पणीबाट धेरै क्रोधित भएका थिए र उनलाई “खेल पछि हेर्ने” भनेर पनि धम्की दिए।

खबर अनुसार एभर बनेगाले कोन्टेको कपन नक्कली हो कि हैन भनेर प्रस्न गर्दै उनको मजाक उडाएका थिए। कोन्टेले विग लगाएको भनेर बनेगा उनलाई चिढाउन खोजेको कुरा रहेको छ।

सेभिल्लाले उक्त खेल ३-२ले जितेको थियो- जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेका थिए । खेलको ७४औ मिनेटमा सेभियाका डिएगो कार्लोसले हानेको बाइस्कल किक लुकाकुले टच गर्दा गोल हुनपुगेको थियो ।

यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला अहिलेसम्म युरोपा लिगको इतिहासमा सबै भन्दा बढी २००६। २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरि छैठौ पटक युरोपा लिग जितेको छ । त्यस्तै सेभिया अहिलेसम्म फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन ।