खेलमा २-० ले पछि परेपछि विराटनगरले आफ्नो खेलाडीहरूलाई मैदान बाहिर बोलाएर खेल रोके पछि

नेपाल सुपर लिगमा शनिवार निकै अनौठो घटना भएको थियो जसको कारण विराटनगर सिटीको धेरै आलोचना भएको छ। शनिवार ललितपुर सिटीविरुद्धको खेल विराटनगर सिटीले खेलमा रेफ्रीको निर्णयहरू प्रति आफ्नो असन्तुष्टि देखाउँदै खेल नै रोक्ने निर्णय लिए।

खेलको क्रममा रेफ्रीको धेरै निर्णय प्रति विराटनगरका खेलाडी र कोच यान लको असन्तुष्टि स्पष्ट रहेको थियो। खेलमा सुनिल बाल प्रतिको फाउल पछि पेनाल्टी नदिएको भनेर विराटनगरका खेलाडीहरू आक्रोशित थिए भने खेलको ६३ औं मिनेटमा ललितपुर सिटीले खेलमा दोस्रो गोल गरे पछि विराटनगरले आफ्नो खेलाडीहरूलाई मैदान बाहिर बोलाएर खेल रोके।

ललितपुरको दोस्रो गोल पछि विराटनगरका कोच यान लले आफ्नो सबै खेलाडीहरूलाई मैदान बाहिर आउन सङ्केत गरेको देख्न सकिन्थ्यो भने विराटनगरका खेलाडीहरू मैदान बाहिर पुगे र खेल केही समयको लागि रोकियो। उक्त दृश्यबाट फ्यानहरू खुसी थिएनन् भने विराटनगरको ‘स्पोर्ट्स म्यानशिपको कमी’ बारे हाल धेरै आलोचना हुँदै गरेको छ।

खेल केही समय रोकिए पछि विराटनगरका खेलाडीहरि मैदान फर्किए र खेल पूर्ण सुरु भएको थियो।

उक्त घटना पछि विराटनगरले माफी विज्ञप्ति निकालेको छ जसमा विराटनगरले लिगको रेफ्रीहरुको आलोचना पनि गरे।ललितपुरविरुद्धको खेलेमा खेल रोक्ने निर्णयमा क्लब व्यवस्थापनको निर्णय रहेको र उक्त घटनामा खेलाडीहरूको हात नरहेको विज्ञप्ति मार्फत विराटनगरले दाबी गरे।

दशरथ रङ्गशालामा भएको उक्त खेलमा विराटनगर ४-० ले पराजित भएको थियो । र, विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।