खेलमा आफुले पास नपाएको भनेर सर्जियो अग्वेरो रिसाए पछि

म्यानचेस्टर सिटी मङ्गलवार राति च्याम्पिन्स लिगमा जित हासिल गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो। सो खेलमा सिटीका स्टार स्ट्राइकर सर्जियो अग्वेरोले ७५औ मिनेटमा खेल्ने मौका पाए तर खेलको अन्त्य भएको बेला उनी खुसी नरहेको खबर छ।

सर्जियो अग्वेरोले खेल बेन्चमा वैकल्पिक खेलाडीको रूपमा सुरु गरे र उनले खेलको ७५औँ मिनेटमा मैदान प्रवेश गर्ने मौका पाए खेलमा सिटीको २-० भएको थियो तर खबर अनुसार खेल अन्त्य भए पछि सर्जियो अग्वेरोले आफूले पास नपाएको गुनासो गर्दै थिए र उनी खुसी थिएनन्।

खबर अनुसार खेल पछि मैदान बाहिर जाने क्रममा उनले भनेका थिए: “उनीहरूले मलाई पास दिदैनन्।”

ल्याटिन अमेरिकन रिपोर्टहरूको अनुसार अनुसार अर्जेन्टिनाका स्टार स्ट्राइकर आफूले बल धेरै नपाएकोमा असन्तुष्ट थिए र उनले सो कुरा ब्याकरूम स्टाफहरूको अगाडी व्यक्त गरे।

सर्जियो अग्वेरो धेरै समय पछि सिटीको टिममा फर्किने क्रममा छन् र उनी केही सङ्घर्ष गर्दै छन्। उनको सिटी सँगको सम्झौता अन्त्य हुने क्रममा छ र उनले क्लब छोड्न सक्ने खबर पनि छ।