“खेलजीवन पछि राजनीतिमा जानसक्छु”, भन्छन् कप्तान पारस खड्का

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भर्खरै बिबिसी नेपाली सेवालाइ दिएको अन्तरबार्तामा नेपाली क्रिकेटको पहिलो वान डे जित र आगामी दिनहरुको बारेमा कुरा गरेका छन् ।

उनले नेपालले वान डे खेल जितेपछि आफ्नो र आफ्नो टिमको लामो समय देखीको सपना पुरा भएको र आफु यो सफलताबाट हर्षित भएको कुरा बताएका छन् । साथै उनले अबको लक्ष्य भनेको एसिया कप खेल्नु रहेको कुरा पनि बताए । ” अबश्य पनि धेरैनै खुसी छौ आगामी दिनमा अझै राम्रो प्रयास गर्ने कोसिस जारीनै रहन्छ , अब हाम्रो लक्ष्य भनेको एसिया कप खेल्नु हो ।

उनलाई खेल जीवन पछि के गर्ने इच्छा छ त भनेर सोधिएको प्रश्नमा उनले भने
” अहिले मेरो पहिलो प्राथमिकता भनेको राम्रो क्रिकेट खेल्नु हो , म जति खेल्न सक्छु राम्रो क्रिकेट खेलेर टिमलाइ योगदान दिन चाहन्छु । जहाँ सम्म क्रिकेट पछि के गर्ने भन्ने कुरा छ मलाई कोच बन्नु भन्दा पनि व्यस्थापनमा रुची छ । हुन् त प्रशासनिक पक्ष एकदम गाह्रो कुरा हो तर क्रिकेट खेलमै सम्पर्ण गरिसकेको जीवन क्रिकेट भन्दा बाहेक अरु केहि सोचीदैन होला तेसपछि पनि । ”

क्रिकेट प्रशासनमा राम्रो गर्न सके भने राजनीतिमा आउछु

पारस खड्काले सन्यास पछि आफु राजनीतिमा लाग्न सक्ने कुरा बताएका छन् । पत्रकारले पाकिस्तानमा इमरान खान प्रधानमन्त्री हुन् लागेको र नेपालमा पनि पारस खड्का लोकप्रिय ब्यक्ति रहेको हुदा के उनि राजनीतिमा आउन इच्छुक छन् भनेर सोधेका थिए । जबाफमा उनले भने ” खेल जीवन पछि क्रिकेट बिकास तिर लाग्छु , मेरो लक्ष्य भनेको नेपाललाइ क्रिकेट सम्पन्न राष्ट्र बनाउने हो । ” यदी प्रशासनमा राम्रो काम गर्ने मौका पाए भने नेपालको मेची देखी महाकालीसम्म रहेका र क्रिकेट खेल्न चाहनेहरुको लागि काम गर्ने र क्रिकेट खेलेरै राम्रो जीवन बाच्ने आधार तयार पार्ने बताए । उनले आफुहरुले क्रिकेट खेल्न सुरु गर्दा , क्रिकेट खेलेर बाच्न धेरै कठिन रहेको र अबको पीडिले यो समस्या नभोगुन भन्ने चाहिएको कुरा बताए ।

यो सब गर्न १० बर्ष लाग्ला १५ बर्ष लाग्ला , तर आफ्नो पहिलो प्राथमिकता भनेको नेपाली क्रिकेटको बिकास गर्नु हो तेसपछि परिस्थितिले साथ दियो भने राजनीतिमा आउनेछु । पारस खड्काले अन्तरबार्तामा नेपाली क्रिकेट बिकास गर्न स्वच्छ मन भएको र क्रिकेटमा रुची भएको ब्यक्तिहरु आउनुपर्ने कुरा पनि बताए । वान डे राष्ट्र भईसकेपछि बिश्वले नेपाललाइ हेर्ने र सरकारले क्रिकेट बिकासको लागि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरा बताए ।